असोज ३० गते २०८३ || October 16, 2026

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्बमाथिको कारोबार


पिपल अनलाइन
बुधबार, जेठ ३१ २०८००४:०९

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्बमाथिको कारोबार

काठमाडौँ - साताको कारोबारको चौथो दिन आज सेयर बजार बढेको छ । नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक ३.८२ अंकले बढेर ३८३.६९ बिन्दुमा पुगेको छ ।

 नेप्सेमा कूल २७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४०  कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १ करोड ७८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ । बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ६ उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend