असोज ३० गते २०८३ || October 16, 2026

डिजेल र मट्टीतेलको मूल्यमा वृद्धि, कति पुग्यो त ?


बिहीबार , भदौ १६ २०७९११:०५

डिजेल र मट्टीतेलको मूल्यमा वृद्धि, कति पुग्यो त ?

काठमाडौं - नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ६ रुपियाँले बढाएको छ । बिहीबार साँझ आयल निगमले विज्ञप्ति सार्वजनिक गर्दै डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । 

अब डिजेल र मट्टीतेलको मूल्य लिटरको १७८ रुपियाँ पुगेको छ । यसअघि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपियाँ थियो।

त्यस्तै, पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको सो विज्ञप्तिमार्फत जानकारी दिएको हो। 

press_release.jpg
undefined


  • सम्बन्धित विषय:

  • # नेपाल आयल निगम
  • # डिजेल
  • # मट्टीतेल


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend