कात्तिक १ गते २०८३ || October 17, 2026

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?


पिपल अनलाइन
आइतबार, असार ३ २०८०१२:४८

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ ।  चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रति तोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend