असोज ३० गते २०८३ || October 16, 2026

सेयर बजारमा ५२.२६ अंकको वृद्धि


पिपल अनलाइन
आइतबार, असार ३ २०८००३:४४

सेयर बजारमा ५२.२६ अंकको वृद्धि

 काठमाडौँ - सेयर बजारमा उत्साह आउनेक्रम आइतबार पनि जारी रहेको छ । यस दिन नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा आएको छ । १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ ।

सूचकका साथमा कारोबार रकमले पनि साथ दिँदै गएको छ ।  यस दिन २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँ कारोबार भएको छ । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend