असोज २९ गते २०८३ || October 15, 2026

यस वर्षभित्र बङ्गलादेशलाई विद्युत् निर्यात गर्छौं : ऊर्जामन्त्री भुसाल


शनिबार, भदौ २५ २०७९०४:२२

यस वर्षभित्र बङ्गलादेशलाई विद्युत् निर्यात गर्छौं : ऊर्जामन्त्री भुसाल

काठमाडौं - ऊर्जामन्त्री पम्फा भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन् । शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै भुषालले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताएकी हुन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ ।

“हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात हुँदैछ,” मन्त्री भुसालले भने, “जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जान्छ ।”

ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको र घरायासी प्रयोजनका लागि मूल्य घटाइएको छ भने कृषि र सिँचाईमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिए ।
 


  • सम्बन्धित विषय:

  • # पम्फा भुसाल
  • # ऊर्जामन्त्री


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend