कात्तिक १ गते २०८३ || October 17, 2026

आज पनि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


पिपल अनलाइन
शुक्रबार, असार ८ २०८०११:५७

आज पनि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दै गई रहेको छ । सुनको मूल्य प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार प्रति तोला १ लाख १० हजार ५ रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend