कात्तिक १ गते २०८३ || October 17, 2026

आज यी यी ठाउँमा भारी बर्षाको सम्भावना,सतर्क रहन आग्रह


आइतबार, असार १० २०८०११:२७

आज यी यी  ठाउँमा भारी  बर्षाको सम्भावना,सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले पाँच जिल्ला  बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा आसपास भई बहने नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च रहेको बताएको छ।
आज महाकाली र यसका सहायक नदीहरुमा जल सतह बढ्ने र सतर्कता तह पुग्न सक्ने अनुमान महाशाखाले गरेको हो । त्यस्तै अन्य नदीहरु दाङ,बाजुरा,बझाङ,डोटी,बैतडी,दोलखा र आसपासका नदीहरुमा उच्च बहाबको जोखिम रहेको जानकारी दिएको छ। 

महाशाखाले बर्षाका  कारण  बाढी आउने र  कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै सतर्कता  रहन आग्रह गरेको छ। त्यस्तै आज बागमती, गण्डकी,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाऊमा भारी बर्षाको सम्भावना रहेको जानकारी दिएको छ। 


  • सम्बन्धित विषय:

  • # प्रकोप
  • # बाढी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend