असोज ३० गते २०८३ || October 16, 2026

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट


आइतबार, असार १० २०८००३:३०

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको हो  ।  पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार र चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ छुट्याएको छ ।

आइतबार नगरसभाको बैठकमा उपमेयर सुनीता डंगोलले बजेट प्रस्तुत गरेकी हुन्। 
 संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख,आन्तरिक आय ६ अर्ब ३९ करोड,राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ, निशर्त अनुदान ८९ करोड ३६ लाख र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने उपमेयर डंगोलले  बताइन्  ।


  • सम्बन्धित विषय:

  • # बालेन शाह
  • # सुनिता डंगोल


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend