असोज ३० गते २०८३ || October 16, 2026

पेट्रोलियम ढुवानी व्यवसायीले गरे कानुनविपरीत इन्धनको आपूर्तिमा अवरोध


बुधबार, भदौ २९ २०७९०८:१४

पेट्रोलियम  ढुवानी  व्यवसायीले गरे  कानुनविपरीत इन्धनको आपूर्तिमा अवरोध

काठमाडौँ - पेट्रोलियम ढुवानी गर्दै आएका व्यवसायीले कानुनविपरीत इन्धनको आपूर्तिमा अवरोध गरेका छन् । व्यवसायीले अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ विपरीत पेट्रोलियम पदार्थको खरिद आदेश (पीडीओ) लिएका छैनन् । 

पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले ढुवानी भाडा प्रतिवेदन कार्यान्वयन गर्ने माग राखी गत शुुक्रबारदेखि इन्धनको पीडीओ उठाएका छैनन् । अत्यावश्यक सेवा ऐनमा अत्यावश्यक वस्तुको रूपमा रहेको पेट्रोलियम पदार्थको खरिद, ढुवानी, बिक्री वितरण रोक लगाई बन्द हड्ताल गर्न नपाइने व्यवस्था छ । तर व्यवसायीले नियमन उलङ्घन गरेर इन्धन आपूर्तिमा अवरोध गरेका हुन् । पीडीओ नउठाउँदा बजारमा हवाई इन्धनदेखि पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ । 

राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले अत्यावश्यक वस्तु तथा सेवामा कानुनविपरीत गएर व्यवसायीले जानाजान गैरकानुनी ढङ्गले पीडीओ खरिद नगरेको बताए । यातायात व्यवस्था विभागले सवारी भाडा दरमा स्वचालित मूल्य प्रणाली लागू गरिसकेको छ, व्यवसायीको दादागिरीले इन्धनको ढुवानी, आपूर्तिमा अवरोध गर्न उपभोक्ता हितविपरीत भएको महर्जनले बताए।

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, व्यवसायीसहित समस्या समाधान गर्न वार्तामा बसेको तर कुरा नमिलेको बताए। यस विषयमा थप छलफल हुने बताउँदै उनले व्यवसायीसँग फेरि छलफल गरेर समस्याको समाधान गरिने दाबी गरे। 


  • सम्बन्धित विषय:

  • # नेपाल आयल निगम
  • # पेट्रोलियम ढुवानी व्यवसायी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend