असोज ३० गते २०८३ || October 16, 2026

सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? 


पिपल अनलाइन
सोमबार, असार ११ २०८०११:०३

सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? 

 काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला १ लाख १० हजार २ रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको छ। आइतबार चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend