कात्तिक १ गते २०८३ || October 17, 2026

भारतबाट बढेर आयो डिजेल र खाना पकाउने ग्यासको मूल्य, नेपालमा अब कति पर्छ ? 


पिपल अनलाइन
आइतबार, असार १७ २०८००१:५८

भारतबाट बढेर आयो डिजेल र खाना पकाउने ग्यासको मूल्य, नेपालमा अब कति पर्छ ? 

 काठमाडौँ - भारतबाट डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ ।

इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ १६ पैसाले बढेको छ । मट्टीतेल ५ पैसाले बढेको छ ।

यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १६० रुपैयाँले बढेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले  जानकारी दिए ।
यस्तै हवाई इन्धनको मूल्य ५७ पैसाले बढेको छ । यो बढेको मूल्यलाई आधार मान्दा निगमले आगामी १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा गर्नेछ । गत १५ दिनमा भने १ अर्ब ६२ करोड रुपैयाँ नाफा गरेको थियो ।

 


  • सम्बन्धित विषय:

  • # भारतबाट बढेर आयो डिजेल र खाना पकाउने ग्यासको मूल्य, नेपालमा अब कति पर्छ ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend