असोज ३० गते २०८३ || October 16, 2026

बजार अनुगमनमा नगर प्रमुखकै हस्तक्षेप


बिहीबार , कात्तिक ३ २०७९१०:०१

बजार अनुगमनमा नगर प्रमुखकै हस्तक्षेप

महोत्तरी - चाडपर्वको बेला महोत्तरीका केही स्थानीय बजारहरूमा कालो बजारी तथा म्याद सकिएको खाद्यान्न बिक्री वितरण भइरहेको पाइएको छ । यस्तो अवस्थामा बजार अनुगमन गर्नुपर्ने स्थानीय सरकार बेखबर जस्तै भएको छ ।

गौशाला नगर पालिकाको सम्बन्धित निकाय उप–प्रमुख ले आफ्नो संयोजकत्वमा त्यसको लागि छानबिन समिति गठन गरी बजार अनुगमनमा जाने बताएपनि पालिका प्रमुख बाटै अनुगमनमा रोक लगाएको स्रोतले बताएको छ। म्याद सकिएको पाउँ रोटी लगायतका थुप्रै सामग्री बजार मा बिक्री भइरहेको हप्तौँ अघि समाचार आउँदा समेत बजार अनुगमन हुन सकेको छैन ।

महोत्तरीको गौशाला बजार जस्तो व्यस्त रहने बजारमा बजार अनुगमन नहुँदा सर्वसाधारणले अखाद्य बस्तुहरू किनमेल गरिरहेका छन् । यता, यो विषय मा प्रत्यक्ष जबाफदेही सम्बन्ध राख्ने उप–प्रमुखसँग टेलिफोनमा जवाफ माग्दा हाल अवरोध भएपनि छिट्टै अनुगमन गर्ने प्रतिबद्धता जनाए।


  • सम्बन्धित विषय:

  • # बजार अनुगमन
  • # महोत्तरी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend