असोज २९ गते २०८३ || October 15, 2026

१२.७३ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम २ अर्ब ५७ करोडमा सिमित


पिपल अनलाइन
मंगलबार, असार १९ २०८००३:२८

१२.७३ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम २ अर्ब ५७ करोडमा सिमित

काठमाडौँ - आज पनि सेयर बजार बढेको छ । मंगलबार नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१७ अंकले घटेर ३८६.३५ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २८२ कम्पनीको ६४ लाख ५० हजार ९३४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा नागरिक लगानी कोष अग्रिम स्थानमा छ । यसको आज १२ करोड १७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा एनएलजी इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्स को कारोबार भएको छ ।


  • सम्बन्धित विषय:

  • # १२.७३ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम २ अर्ब ५७ करोडमा सिमित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend