कात्तिक १ गते २०८३ || October 17, 2026

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 


पिपल अनलाइन
बिहीबार , असार २१ २०८०१२:०५

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

बुधबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख १० हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो । 


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend