कात्तिक १ गते २०८३ || October 17, 2026

शनिबार पनि बैंकहरु खुल्ला रहने 


पिपल अनलाइन
शुक्रबार, असार २२ २०८००६:०७

शनिबार पनि बैंकहरु खुल्ला रहने 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न परिपत्र गरेको छ ।  चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले परिपत्र गरेको हो ।

ुअसार २३ र ३० गते बिदाका दिनसमेत राति ८ बजेसम्म र असार ३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक,चेक क्लियरिङ एवम् विद्युतीय ट्रान्सफरको फन्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्था साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गनपर्नेछ,ुराष्ट्र बैंकले आज जारी गरेको सूचनामा भनिएको छ ।्


  • सम्बन्धित विषय:

  • # शनिबार पनि बैंकहरु खुल्ला रहने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend