कात्तिक १ गते २०८३ || October 17, 2026

आज शनिबार पनि बैंक तथा बित्तीय संस्था खुल्ने


पिपल अनलाइन
शनिबार, असार २३ २०८००६:५३

आज शनिबार पनि बैंक तथा बित्तीय संस्था खुल्ने

 काठमाडौँ - नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर ९ईएफटी०को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो ।

राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।


  • सम्बन्धित विषय:

  • # आज शनिबार पनि बैंक तथा बित्तीय संस्था खुल्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend