कात्तिक १ गते २०८३ || October 17, 2026

मिटरब्याजी विरुद्ध देशभर २४ हजार उजुरी


पिपल अनलाइन
शनिबार, असार २३ २०८००३:०५

मिटरब्याजी विरुद्ध देशभर २४ हजार उजुरी

 काठमाण्डौँ - देशभर मिटरब्याजबाट पीडितहरूले उजुरी दिने क्रम बढ्दै गएको छ । अहिलेसम्म २४ हजार उजुरी परेका छन् ।

सरकारले अनुचित लेनदेन मिटरब्याज सम्बन्धी जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो । आयोगले उजुरी आह्वान गरेको थियो। अहिलेसम्म परेका उजुरीमध्ये एक हजार ३८५ वटा उजुरीमा मेलमिलाप गरिएको आयोगले जनाएको छ ।

सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत उजुरी दिन सक्ने व्यवस्था गरेको थियो। आयोगका सदस्य पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० उत्तमराज सुवेदीका अनुसार फर्छ्योट भएका उजुरीमध्ये ३० प्रतिशत अदालतबाट फैसला भएका मुद्दा समेत छन् । यसअघि अदालतबाट आफू विरुद्धमा फैसला आएको भन्दै पीडितले त्यस्तो निर्णय खारेजी हुनुपर्ने माग गरेका थिए ।


  • सम्बन्धित विषय:

  • # मिटरब्याजी विरुद्ध देशभर २४ हजार उजुरी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend