कात्तिक १ गते २०८३ || October 17, 2026

सुनचाँदीको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ? 


पिपल अनलाइन
सोमबार, असार २५ २०८०१२:२८

सुनचाँदीको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ? 

 काठमाडौँ - नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । 

योसँगै सोमबार प्रतितोला छापावाल सुन  १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३९५ रुपैयाँ कायम भएको छ । आइतबार तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो ।

 


  • सम्बन्धित विषय:

  • # सुनचाँदीको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend