असोज ३० गते २०८३ || October 16, 2026

मौलाउँदै ‘बादलको खेती’


पिपल अनलाइन
बुधबार, असार २७ २०८००९:०२

मौलाउँदै ‘बादलको खेती’

काठमाण्डौँ - मौसम विज्ञान विभागले बुधार वाग्मती, लुम्बिनी, मधेस र कोसीमा पानी पर्ने सम्भावना रहेको जनाएको छ। पानी दह्रै पर्ने अनुमान गरिएको छ। अत्यधिक वर्षा हुने सम्भावना भएलगत्तै सरकारी संयन्त्र पनि सोहीअनुसार सक्रिय हुने भएका छन्। मौसममा दुईवटा चक्र हुन्छ। एउटा अल निनो र अर्कोचाहिँ ला निना। अल निनो तुलनात्मक रूपमा तातो हावा चल्ने, कम पानी पर्ने मौसम हो। यो ठाउँअनुसार फरकफरक तरिकाको हुनसक्छ। त्यस्तै ला निना तुलनात्मक चिसो बढ्ने र वर्षैभरि मिलाएर बढी पानी पर्ने हुन्छ। यो पनि ठाउँअनुसार फरकफरक हुने वैज्ञानिकहरू बताउँछन्।

यो वर्ष अल निनोको अवधि हो। यस्तोमा अलि बढी गर्मी हुन्छ र कम पानी पर्छ। पानी पर्यो भने पनि सबैतिर समानरूपमा पर्दैन। यस्तो बेलामा बादल खेती गर्नेहरूको भाग्य चम्किन्छ। बादल खेती हिजोआज निकै फाइदाको व्यापार भएको छ। ‘क्लाउड सिडिङ’ भनेर चिनिने यो व्यापार यतिबेला संसारभर निकै फस्टाएको छ।  

सन् २००८ मा चीनले चमत्कार गरेको थियो। त्यतिखेर ओलम्पिक खेल उद्घाटनका बेला भारी वर्षा हुने अपेक्षा गरिएको थियो तर चिनियाँ वायु सेनाका जवानले कार्यक्रम अवधिभर पानी नपार्न भारी वर्षा गराउने बादललाई तितरबितर पारिदिए। तर जब ओलम्पिक खेल उद्घाटन कार्यक्रम सकियो, तिनै तितरबितर पारिएका बादललाई भेला पारेर चिनियाँ सेनाले भारी वर्षा गराएर संसारलाई चकित पारिदिए।

त्यसो त यो प्रविधि दोस्रो विश्वयुद्धताका नै चर्चामा थियो तर संसारले पानीको यत्तिको अभाव झेलिसकेको थिएन। त्यसैले यो प्रविधिलाई व्यावसायिक रूपमा खेतीमा प्रयोग गर्नेबारे कसैले सोचेको थिएन। तर केही वर्षयता संसारभर जलस्तर घटेको, अत्यधिक तापक्रम महसुस गरिएको, तलाउहरू सुक्न थालेको, विषम वर्षाजस्ता कुरा प्राथमिकताका साथ आउन थाले। यसपछि नै संसारभर बादलको खेती गर्न सकिने र यो फाइदाको व्यापारसमेत हुने सम्भावनामा ठुला कम्पनीले अनुसन्धान थाले।  

तीमध्ये अमेरिकाको टेक्सासनिवासी गेरी वाकर र उनको कम्पनी सोअर सिडिङ अपरेसन्स एन्ड एटमस्फेरिक रिसर्चले क्लाउड सिडिङको काम गरिरहेको छ। यो कम्पनीमा काम गर्नुअघि उनी ३० वर्षदेखि पानी संरक्षण अभियानका लागेका थिए।

पछिल्लो समय उनको कम्पनीले बादलको खेती सम्पूर्ण टेक्सास राज्यको २० प्रतिशतसम्म भागमा पुर्याएको छ। त्यस किसिमको खेतीका लागि पाँच किसिमका ग्राहक छन् उनका। पहिलो कृषिकर्म गर्नेहरू। दोस्रो स्की रिसोर्ट चलाउनेहरूलाई पानी पर्याप्त चाहिने भएकाले र बेलाबेलामा साहसिक कार्यका लागि पनि वर्षा र हिउँ चाहिन्छ। यो कम्पनीले हिउँ पार्ने कामसमेत गर्छ। यो समाचार नागरिक दैनिकमा छ ।


  • सम्बन्धित विषय:

  • # मौलाउँदै ‘बादलको खेती’
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend