असोज ३० गते २०८३ || October 16, 2026

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो 


पिपल अनलाइन
बुधबार, असार २७ २०८००१:००

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो 

काठमाडौँ - रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि बिक्री खुल्ला भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुल्ला गरेको हो । कम्पनीले फेस भ्यालूमा प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँका दरले आईपीओ बिक्रीमा ल्याएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् । यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्ताका लागि आवेदन दिन पाइनेछ ।


  • सम्बन्धित विषय:

  • # रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend