असोज ३० गते २०८३ || October 16, 2026

सरकारी कार्यालयको चालु तथा पुँजीगत खर्च कति ? 


पिपल अनलाइन
बुधबार, असार २७ २०८००१:०४

सरकारी कार्यालयको चालु तथा पुँजीगत खर्च कति ? 

 काठमाडौँ - चालु आर्थिक वर्ष २०७९/८० मा पर्साका सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगत ६९ प्रतिशत बजेट खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाले चालुतर्फ ९५.२४ प्रतिशत र पुँजीगततर्फ ६९।५७ प्रतिशत बजेट निकासा लिएका छन् ।

पर्सास्थित सरकारी कार्यालय तथा पालिकाको चालुतर्फ रु ११ अर्ब २६ करोड १९ लाख १४ हजार नौ सय ९६ मध्ये निकास हुने अन्तिम दिन असार २४ गतेसम्म रु १० अर्ब ७२ करोड ६४ लाख ३७ हजार छ सय १९ निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले जानकारी दिए ।

यस्तै पुँजीतर्फ रु चार अर्ब ४१ करोड तीन लाख ८८ हजार चार सय ३८ मध्ये असार २४ गतेसम्म रु तीन अर्ब छ करोड ८५ लाख ९३ हजार ६४ निकासा भएको प्रमुख उप्रेतीले बताए । 


  • सम्बन्धित विषय:

  • # सरकारी कार्यालयको चालु तथा पुँजीगत खर्च कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend