असोज ३० गते २०८३ || October 16, 2026

आज पनि बढ्यो सुनचाँदी  मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ? 


पिपल अनलाइन
बिहीबार , असार २८ २०८०११:५७

आज पनि बढ्यो सुनचाँदी  मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ? 

 काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजाबी सुनको मूल्य पनि बढेर तोलामा १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । यसैबीच आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार ४० रुपैयाँ बढेर १ हजार ४४० रुपैयाँमा कारोबार भएको हो ।


  • सम्बन्धित विषय:

  • # आज पनि बढ्यो सुनचाँदी  मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend