कात्तिक १ गते २०८३ || October 17, 2026

१२.६२ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ३९ करोड रुपैयाँमाथिको कारोबार


पिपल अनलाइन
बिहीबार , असार २८ २०८००३:३१

१२.६२ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ३९ करोड रुपैयाँमाथिको कारोबार

 काठमाडौँ - आज सेयर बजार घटेको छ ।  नेप्से परिसूचक १२.६२ अंकले घटेर २०७२.२४ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९० अंकले घटेर ३९१.२५ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २९६ कम्पनीको ९३ लाख ८२ हजार ४४० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३९ करोड रुपैयाँमाथिको  सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ । यसको आज २३ करोड ७५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सोल्टी होटल र हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ ।


  • सम्बन्धित विषय:

  • # १२.६२ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ३९ करोड रुपैयाँमाथिको कारोबार
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend