असोज ३० गते २०८३ || October 16, 2026

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 


पिपल अनलाइन
शुक्रबार, असार २९ २०८०१२:०२

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ४० रुपैयाँले बढेको हो। बिहीबार चाँदी प्रति तोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

 


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend