असोज ३० गते २०८३ || October 16, 2026

लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबार सुरु


पिपल अनलाइन
शुक्रबार, असार २९ २०८०१२:२७

लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबार सुरु

काठमाडौँ - मर्जर प्रक्रिया पूरा गरी लक्ष्मी बैंक र सनराइज बैंकले आज असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन् । 
लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो । गत जेठ ८ गते लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको थियो । 

सम्झैताअनुसार ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत रहनेछन् । गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ ।  दुवै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृत भएको थियो । 


  • सम्बन्धित विषय:

  • # लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबार सुरु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend