कात्तिक १ गते २०८३ || October 17, 2026

'देशको अर्थतन्त्र सकारात्मक रुपमा अगाडी बढेको छ' : अर्थमन्त्री महत


पिपल अनलाइन
शुक्रबार, असार २९ २०८००१:२५

'देशको अर्थतन्त्र सकारात्मक रुपमा अगाडी बढेको छ' : अर्थमन्त्री महत

असार २९, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको बताएका छन् । 
शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको बताएका छन् । उनले मुल्यवृद्धि पनि विगतको भन्दा घटेको बताए । उनले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गरे । 

उनले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उल्लेख गरेका थिए । अर्थमन्त्री महतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्ने बताए । 


  • सम्बन्धित विषय:

  • # 'देशको अर्थतन्त्र सकारात्मक रुपमा अगाडी बढेको छ' : अर्थमन्त्री महत
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend