असोज ३० गते २०८३ || October 16, 2026

सभामुख घिमिरेद्वारा बजेट प्रमाणित


पिपल अनलाइन
शनिबार, असार ३० २०८००६:२३

सभामुख घिमिरेद्वारा बजेट प्रमाणित

 काठमाडौँ - सभामुख देवराज घिमिरेले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका आर्थिक वर्ष २०८०र८१ को बजेटसम्बन्धी विधेयक प्रमाणित गरेका छन् ।

शुक्रबार नेपालको संविधानको धारा ११३ को उपधारा १ बमोजिम प्रतिनिधि सभाले संशोधनबिना पारित गरेको र राष्ट्रिय सभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेका हुन् ।

संसदका दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने प्रावधान छ ।


  • सम्बन्धित विषय:

  • # सभामुख घिमिरेद्वारा बजेट प्रमाणित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend