असोज ३० गते २०८३ || October 16, 2026

कर्णाली चिसापानी जलविद्युत् आयोजना निर्माण कति सम्भव छ ?


पिपल अनलाइन
आइतबार, असार ३१ २०८००७:५१

कर्णाली चिसापानी जलविद्युत् आयोजना निर्माण कति सम्भव छ ?

 काठमाडौँ - संसारकै ठूला र आकर्षकमध्येको एउटा कर्णाली चिसापानी जलविद्युत् आयोजना निर्माणमा कुनै तत्परता देखिएको छैन । नेपालको सबैभन्दा ठूलो १०हजार ८०० मेगावाट क्षमताको यो आयोजनाको अध्ययन भने पटकपटक भइसकेको छ । पहिलोपटक अध्ययन भएको त ५ दशक नाघिसकेको छ ।

पछिल्लो अध्ययन अनुसार कर्णाली चिसापानी जलविद्युत् आयोजना बनाउन २० खर्ब रुपैयाँ लाग्छ । २० हजार गिगावाट वार्षिक उत्पादन दिने यो आयोजना निर्माण गर्दा २ लाखभन्दा बढी जनसंख्या विस्थापित हुने अनुमान गरिएको छ । 

यो आयोजना बनेपछि नेपालको २ लाख र भारतको ३४ लाख हेक्टर जमीनमा सिंचाइ सुविधा सहज हुनेछ । भारत र बंगलादेशको बाढी नियन्त्रणमा पनि कर्णाली चिसापानी जलविद्युत् आयोजनाको बाँधले महत्त्वपूर्ण योगदान दिने विज्ञहरूकोभनाइ छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ।


  • सम्बन्धित विषय:

  • # कर्णाली चिसापानी जलविद्युत् आयोजना निर्माण कति सम्भव छ ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend