असोज ३० गते २०८३ || October 16, 2026

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदेछ कारोवार ?


पिपल अनलाइन
आइतबार, असार ३१ २०८०११:३४

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदेछ कारोवार ?

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रति तोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भई रहेको चाँदी आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदेछ कारोवार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend