असोज ३० गते २०८३ || October 16, 2026

सहकारी पीडितद्धारा अन्दोलन, केही पीडित प्रहरीको नियन्त्रणमा 


पिपल अनलाइन
आइतबार, असार ३१ २०८०१२:३८

सहकारी पीडितद्धारा अन्दोलन, केही पीडित प्रहरीको नियन्त्रणमा 

काठमाडौँ - आइतबार बिहान माइतीघरमा सहकारी पीडितहरुले आन्दोलनका गरिएको छ ।

अन्दोलनको क्रममा सडकमा अवरोध पु¥याएको भन्दै प्रहरीले केही पीडितहरुलाई नियन्त्रणमा लिएको छ । सडकमा अवरोध पुगेपछि त्यहाँको सडकमा केहीबेर यातायात अवरुद्ध भएको थियो ।

 सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी, फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या छिटो भन्दा छिटो समाधान गर्नुपर्ने, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्ने भन्दै विभिन्न नारासहितका प्लेकार्ड र ब्यानर बोकेर पीडितहरु प्रदर्शन गरिएको थियो । 

माइतीघरबाट सुरु भएको ¥याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।


  • सम्बन्धित विषय:

  • # सहकारी पीडितद्धारा अन्दोलन, केही पीडित प्रहरीको नियन्त्रणमा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend