असोज २९ गते २०८३ || October 15, 2026

आर्थिक वर्षको अन्तिम दिन शेयर बजार १२ अङ्कले बढ्यो, २ अर्ब ३७ करोड रुपैयाँको कारोबार


पिपल अनलाइन
आइतबार, असार ३१ २०८००३:३४

आर्थिक वर्षको अन्तिम दिन शेयर बजार १२ अङ्कले बढ्यो, २ अर्ब ३७ करोड रुपैयाँको कारोबार

काठमाण्डोँ - चालु आर्थिक वर्ष २०७९र८० को अन्तिम दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १२ दशमलव १६ अङ्कले बढेर दुई हजार ९७ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, होटल, जलविद्युत्, जीवन बीमा र व्यापार समूहको शेयर सामान्य घटे पनि अरू समूहको शेयर बढेको छ । म्युचल फन्ड समूहको शेयर भने उच्च अङ्कले उकालो लागेको छ ।

आज सनराइज फोकस्ड इक्युटी फन्डको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि लिबर्टी इनर्जी कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै छ प्रतिशतले ओरालो लागेको छ ।


  • सम्बन्धित विषय:

  • # आर्थिक वर्षको अन्तिम दिन शेयर बजार १२ अङ्कले बढ्यो, २ अर्ब ३७ करोड रुपैयाँको कारोबार
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend