कात्तिक १ गते २०८३ || October 17, 2026

घट्यो सार्वजनिक यातायातको भाडा !


पिपल अनलाइन
सोमबार, साउन १ २०८००१:०७

घट्यो सार्वजनिक यातायातको भाडा !

काठमाडौँ - सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ ।

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।

इन्धनको मूल्य घटेसँगै विभागले यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालबाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो ।

घटाएको भाडा दर सोमबारबाटै लागू हुने विभागले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # घट्यो सार्वजनिक यातायातको भाडा !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend