असोज ३० गते २०८३ || October 16, 2026

नयाँ आर्थिक वर्षलाई शेयर बजारको हरियो झण्डा, ४७ अङ्कले बढेर २१ सय विन्दु नाघ्यो


पिपल अनलाइन
सोमबार, साउन १ २०८००३:३५

नयाँ आर्थिक वर्षलाई शेयर बजारको हरियो झण्डा, ४७ अङ्कले बढेर २१ सय विन्दु नाघ्यो

 काठमाण्डौँ -आज सोमवारदेखि सुरु भएको नयाँ आर्थिक वर्ष २०८०र८१ को पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव शून्य सात अङ्कले बढेर दुई हजार एक सय ४४ दशमलव १६ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, लघुवित्त, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । सबैभन्दा धेरै बीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।

आज ७६ लाख ३४ हजार कित्ता शेयर दुई अर्ब ५६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ८६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

 


  • सम्बन्धित विषय:

  • # नयाँ आर्थिक वर्षलाई शेयर बजारको हरियो झण्डा, ४७ अङ्कले बढेर २१ सय विन्दु नाघ्यो
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend