असोज ३० गते २०८३ || October 16, 2026

मिलेमतोमा साता दिनमै ९६ अर्ब निकासा, भुक्तानी बन्देज कानुनको धज्जी


पिपल अनलाइन
मंगलबार, साउन २ २०८००८:२०

मिलेमतोमा साता दिनमै ९६ अर्ब निकासा, भुक्तानी बन्देज कानुनको धज्जी

काठमाडौँ - आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ लाई धज्जी उडाउँदै अर्थ मन्त्रालय र कोष तथा लेखा नियन्त्रक कार्यालयले आपसी मिलेमतोमा एक सातामा ९६ अर्ब २२ करोड १७ लाख रुपैयाँ निकासा गरेको छ ।

नियमावलीको दफा ३० ले चालू आर्थिक वर्ष सकिन एक साता बाँकी हुँदा नै सम्पूर्ण भुक्तानी बन्द गर्नुपर्ने भनी गरेको व्यवस्था खिल्ली उडाउँदै सरकारले नियमविपरीत भटाभट भुक्तानी दिएको हो ।

महालेखा नियन्त्रक कार्यालयले २५ असारअगावै सबै रकम भुक्तानी गर्नु भनेर सरकारलाई पत्राचार गरे पनि विभिन्न छिद्रको प्रयोग गर्दै एक वर्षको कुल खर्चको झन्डै एक सातामा १० प्रतिशत खर्च गरेर सरकारले भ्रष्टाचारमा अर्को रेकर्ड कायम गरेको हो । तर, संघीय सरकारले नियमावलीको छिद्र पत्ता लगाई आपसी मिलेमतोमा सातामै खर्ब हाराहारीमा खर्च गरेको हो ।

कोष तथा लेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार एक साताको अवधिमा सबैभन्दा बढी खर्च पुँजीगत शीर्षकमा भएको छ ।
एक साताको अवधिमा कुल ९६ अर्ब २२ करोड रुपैयाँ निकासा दिएकोमध्ये सबैभन्दा बढी पुँजीगत शीर्षकमा भुक्तानी दिएको अर्थ मन्त्रालयले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।


  • सम्बन्धित विषय:

  • # मिलेमतोमा साता दिनमै ९६ अर्ब निकासा, भुक्तानी बन्देज कानुनको धज्जी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend