असोज २९ गते २०८३ || October 15, 2026

७१ प्रतिशतले घट्यो लाभकर


पिपल अनलाइन
बुधबार, साउन ३ २०८००७:२८

७१ प्रतिशतले घट्यो लाभकर

काठमाडौँ - धितोपत्र बजारवाट सरकारले आर्थिक वर्ष आव २०७९र८० मा रू २ अर्ब ९७ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । सरकारले व्यक्तिगत लगानीकर्तातर्फ दीर्घकालीनवाट रू ९९ करोड ८५ लाखभन्दा बढी र अल्पकालीनबाट रू १ अर्ब ६४ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ ।

त्यस्तै संस्थागत लगानीकर्ताबाट सरकारले आव २०७९र८० मा रू। ३३ करोड १२ लाखभन्दा बढी पूंजीगत लाभकर संकलन गरेको छ । गत आव सरकारले अघिल्लो आवको तुलनामा ७१ प्रतिशतभन्दा कम पंजीगत लाभकर संकलन गरेको हो ।

अघिल्लो आव २०७८ र७९ मा सरकारले रू १० अर्ब ३५ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । अघिल्लो वर्ष दीर्घकालीन लगानीकर्ताबाट रू २ अर्व ३६ करोड ६१ लाखभन्दा बढी र अल्पकालीनबाट रू ६ अर्ब ४९ करोड ६५ लाखभन्दा बढी कर सरकारले उठाएको थियो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।


  • सम्बन्धित विषय:

  • # ७१ प्रतिशतले घट्यो लाभकर
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend