कात्तिक १ गते २०८३ || October 17, 2026

११.१७ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ३४ करोडमाथिको कारोबार


पिपल अनलाइन
बुधबार, साउन ३ २०८००४:१८

११.१७ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ३४ करोडमाथिको कारोबार

काठमाडौँ - साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ । बुधबार नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३३ अंकले बढेर ४१०.४६ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६० कम्पनीको ८६ लाख ७४ हजार १०९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारको आधारमा युनाइटेड अजोड इन्स्योरेन्स अग्रिम स्थानमा छ । यसको आज २३ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा एनआईसी एशिया बैंक र शिवम सिमेन्ट को कारोबार भएको छ ।


  • सम्बन्धित विषय:

  • # ११.१७ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ३४ करोडमाथिको कारोबार
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend