असोज ३० गते २०८३ || October 16, 2026

हेटौँडा सिमेन्ट उत्पादन आजदेखि बन्द 


पिपल अनलाइन
शनिबार, साउन ६ २०८००६:४१

हेटौँडा सिमेन्ट उत्पादन आजदेखि बन्द 

मकवानपुर - हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन आजदेखि बन्द भएको छ । उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण हिजो बिग्रिएकाले बाध्यतावश उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ ।

सो उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर उत्पादन गर्ने कार्यलाई तत्काल सञ्चालन गर्न कठिनाइ भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

उद्योगमा बाह्य देशबाट गुणस्तरीय कोइला करिब दुई हप्ताभित्र ल्याएको र प्रथम चरणमा एक हजार मेट्रिक टन केही दिनभित्रै आइपुगेपछि सिमेन्टको उत्पादन कार्य सुरु गरिने उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए ।


  • सम्बन्धित विषय:

  • # हेटौँडा सिमेन्ट उत्पादन आजदेखि बन्द
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend