कात्तिक १ गते २०८३ || October 17, 2026

तनहुँमा एकआपसमा दुई माइक्रो बस ठोकिँदा १२ यात्रु घाइते


मंगलबार, साउन ९ २०८००४:४३

तनहुँमा एकआपसमा दुई माइक्रो बस ठोकिँदा १२ यात्रु घाइते

पृथ्वी राजमार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका–४ स्थित साँखरमा  माइक्रो बस एक आपसमा ठोकिँदा १२ यात्रु घाइते भएका छन् । दुर्घटनामा परि बा २ ख ४०२०  नम्बरको माइक्रोमा सवार १२ जना यात्रुहरू घाइते भएका छन्। 
मुग्लिङबाट आँबुखैरेनी जाँदै गरेको बा २ ख ४०२० नं को माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५१७९ नम्बरको माइक्रो मङ्लगबार राती ९ः२० बजे  एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।घाइतेहरूमध्ये चार जनाको उपचार आँबुखैरेनी अस्पतालमा भइरहेको छ भने बाँकी ८ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ।   दुर्घटनामा परी तनहुँको व्यास नगरपालिका–४ बस्ने वर्ष २५ का गणेश राई सख्त घाइते भएका छन्  । यसै गरी कास्की पोखरा महानगरपालिका–२१ बस्ने वर्ष ४१ को विजय पौडेल, वर्ष ४५ को प्रेम ठकुरी, १९ वर्षीय रोशन ठकुरी, पोखरा महानगरपालिका–१४ बस्ने वर्ष ४४ को मनोज तामाङ,  वर्ष ३६ की सबिता श्रेष्ठ तामाङ घाइते भएका छन्  यसै गरी रौतहट जिल्लाको वृन्दावन नगरपालिका–७ बस्ने २६ की प्रमोद चौधरी र दोलखा दार्जे गाउँपालिका–२१ बस्ने १८ वर्षीय आइजन गुरुङ घाइते भएका छन्।   घाइते आठै जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

धादिङ नीलकण्ठ नगरपालिका–१ बस्ने वर्ष २४ को राजु गिरी, गोरखा जिल्लाको पालुङटार नगरपालिका–६ बस्ने वर्ष ३६ को रामप्रसाद गुरुङ, तनहुँको  व्यास नगरपालिका– ११ बस्ने वर्ष ४० को डिल्लीराम भुजेल, कास्की जिल्लाको पोखरा महानगरपालिका–१४ बस्ने वर्ष ३८ की लेकाली गुरुङको आँबुखैरेनीमा उपचार भइरहेको छ । दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # आजको घटना


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend