असोज २९ गते २०८३ || October 15, 2026

मादी नदीमा एक पुरूष मृत फेला


शनिबार, साउन १३ २०८००१:४५

मादी नदीमा  एक पुरूष मृत फेला

व्यास नगरपालिका–१०  तनहुँ  स्थित मादी नदीमा आज एक पुरुष मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको मृत फेला परेका हुन्।अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको सनाखतका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

शवलाई दमौली अस्पतालमा राखिएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend