काठमाडौंको महांकाल मन्दिरमा ट्यांकर ठोक्किँदा चालक घाइते हुनुभएको छ।
सोमबार राति सवा २ बजे ना २ क ४० नम्बरको पानी ट्यांकर मन्दिरमा ठोक्किएको प्रहरी वृत्त जनसेवाले जनाएको छ। ट्यांकर ठोक्किएपछि मन्दीरको भित्तामा क्षति पुगेको छ।
दुर्घटनामा घाइते पर्नेमा ओखलढुंगा घर भई बसुन्धरा बस्ने ५९ वर्षीय तेजबहादुर खत्री हुनुहुन्छ।
घाइते भएका चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उहाको अवस्था गम्भीर छ।
प्रहरीका अनुसार ट्यांकर अनियन्त्रित भएर दुर्घटनामा परेको हो।