असोज २९ गते २०८३ || October 15, 2026

प्रधानमन्त्री ‘प्रचण्ड’ असोजको पहिलो साता चीन भ्रमण


आइतबार, साउन २१ २०८००२:२९

प्रधानमन्त्री  ‘प्रचण्ड’ असोजको पहिलो साता चीन भ्रमण

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी असोजको पहिलो वा तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन्  । 
परराष्ट्रमन्त्री एनपी साउदले आइतबार उनले  असोजको पहिलो वा तेस्रो साता चीनको भ्रमण गर्ने जानकारी दिएका छन् । 
वर्तमान सरकार गठनपछि प्रधानमन्त्री दाहालको फलदायी भारत भ्रमण भएको उल्लेख गर्दै मन्त्री साउदले सो अवसरमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन्।

उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै मुलुक र जनताको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने धारणा व्यक्त गरेका छन्। 


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्रीको चिन भ्रमण
  • # दाहाल को ताजा खबर


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend