असोज ३० गते २०८३ || October 16, 2026

जेटबोट’ सञ्चालन सप्तकोशी नदीमा ‘


मंगलबार, असोज २२ २०८१०९:५३

जेटबोट’ सञ्चालन सप्तकोशी नदीमा ‘

सुनसरीको चतरास्थित सप्तकोशी नदीमा सोमबारदेखि जेटबोट सञ्चालनमा ल्याइएको छ । सप्तकोशी भएर आवतजावत गर्न सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको हो 
 वर्षा रोकिएसँगै सप्तकोशीमा जलसतह र बहाव घट्दै गएपछि पुनः जेटबोट सञ्चालन सुरु गरिएको हो  । बर्खा समय सुरु भएसँगै सप्तकोशीमा जेटबोट सञ्चालनका लागि सुनसरी प्रशासनले रोक लगाएको थियो । दसैँका बेलामा जेटबोटको माध्यमले चतराबाट १० मिनटमा भोजपुरसम्मको यात्रा गर्न सकिने जनाइएको छ ।   चतराबाट बराहक्षेत्र हुँदै भोजपुरको सिमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ ।

जेटबोट सञ्चालनमा आएपछि यात्रुलाई भोजपुरको हतुवागढीसम्म यात्रा गर्न थप सहज हुन्छ । यस्ता यात्रुको सङ्ख्या पनि पछिल्ला दिनमा बढिरहेको छन । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend