असोज ३० गते २०८३ || October 16, 2026

महाबिर पुनले विदेशी मेडल बेच्दै


बुधबार, साउन २४ २०८००७:४७

महाबिर पुनले विदेशी  मेडल बेच्दै

सरकारले महाबिर पुनलाई आफुले दिएको मेडल बेच्न पाइदैन भनेपछि सरकारलाई नै फिर्ता दिने घोषणा गर्नूभएको छ। 
बिरगंजको कृषि औजार कारखानालाई मर्मत सम्भार गर्न त्यहाँ पाच सय KBA को ट्रान्सफर्मर राख्नका लागि सरकारबाट अपेक्षित सहयोग नपाएपछि आफुले पाएका मेडल लिलामी राखेका राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख बैज्ञानिक महाबिर पुनले सरकारले दिएको मेडल सरकारलाई नै दिने घोषणा गर्नुभएको छ।

 सरकारले मेडल  लिलामीमा नराख्न सचेत गराएपछि उनले कानुन मिच्नेलाई तुरुन्त कारबाही गरेकोमा गृहमन्त्रालयलाई धन्यवाद भन्दै मेडल फिर्ता दिने जानकारी गराउनु भएको छ।  भने अन्तराष्ट्रिय मेडल बेचेर त्यसको पैसा बिरगंजको कृषि औजार कारखानालाई मर्मत सम्भार गर्ने र त्यहाँ ५०० KBA को ट्रान्सफर्मर राख्ने समेत जानकारी दिनुभएको छ।

उहाँले भन्नुभएको छ कानुनमा उल्लेख गरेअनुसार यी पदकहरु गृहमन्त्रालयलाई नै फिर्ता जानेछ।  अन्तरास्ट्रिय मेडल भने मज्जाले बेच्न पाइने समेत जानकारी गराउनु भएको छ। 


  • सम्बन्धित विषय:

  • # mahabir pun
  • # aajako taja


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend