असोज ३० गते २०८३ || October 16, 2026

घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?


शुक्रबार, साउन २६ २०८००४:२९

घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। 

गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।

सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ, मंगलबार प्रतितोला तीन सय रुपैयाँ र बुधबार प्रतितोला एक सय रुपैयाँ र बिहीबार प्रतितोला सात सय रुपैयाँ र आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। 

बिहीबार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


  • सम्बन्धित विषय:

  • # आजको सुनको मूल्य


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend