असोज ३० गते २०८३ || October 16, 2026

म्यानमारमा बाढीले ४५ हजार मानिस विस्थापित


आइतबार, साउन २८ २०८०११:५५

म्यानमारमा  बाढीले ४५ हजार मानिस विस्थापित

म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । 

शुक्रवारबाट भीषण वर्षापछि नदीमा आएको बाढीका कारण देशभर ४५ हजारभन्दा बढी मानिस विस्थापित भएका हुन् । 

मनसुनको समयमा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र र प्रदेशमा काचिन, केइन, बागो, मगवे, मोन र राखाइन पर्दछन् । विपद् व्यवस्थापन विभागले बाढी पीडितलाई सहयोग गर्न देशभर १०९ वटा आश्रय स्थल स्थापना गरेको छ । 

राखिन राज्यले बाढी र बढ्दो नदीको सतहका कारण २ हजार १४६ घरपरिवारबाट १० हजारभन्दा बढी मानिसहरूलाई आश्रय स्थलमा पुर्याएको बताइएको छ । साथै सडक सञ्जालबाट जोडिएका विभिन्न स्थानहरूको सम्बन्धविच्छेद भएको बताइएको छ । त्यस्तै लगातारको भारी वर्षाका कारण बाढी आएपछि बागो क्षेत्रमा २ हजार ९७३ घरपरिवारका १२ हजार ४ सय ६१ जना आश्रयस्थलमा सर्न बाध्य भएका छन् । मौसम विज्ञान तथा जलविज्ञान विभागका निर्देशक यु ह्ला तुनका अनुसार अहिले भइरहेको भीषण वर्षाका कारण नदीको सतह बढेको हो । 

म्यानमारको मौसम एजेन्सीले शुक्रवार जारी गरेको अगस्टको १० दिने पछिल्लो पूर्वानुमान अनुसार अगस्ट ११ देखि २० सम्म देशका विभिन्न भागमा अय्यरवाडी नदी र चिन्दविन नदी लगायतका नदीको बहाव बढ्ने अनुमान गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # aajako taja
  • # प्राकृतिक प्रकोप
  • # बाढी
  • # पहिरो


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend