कात्तिक २ गते २०८३ || October 18, 2026

त्रिशूली नदीमा बस खस्यो


बुधबार, भदौ ६ २०८००१:०३

त्रिशूली नदीमा बस खस्यो

 पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशूली नदीमा खसेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई छहराबाट त्रिशूली नदीमा सडकबाट खसेको हो ।

 जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

साथै दुर्घटना र क्षतिका बारेमा थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend