कात्तिक २ गते २०८३ || October 18, 2026

त्रिशूलीमा बस दुर्घटना : आठ जनाको मृत्यु


बुधबार, भदौ ६ २०८००३:२६

त्रिशूलीमा  बस दुर्घटना : आठ जनाको मृत्यु

काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखका अनुसार  अहिलेसम्म आठ जनाको शव निकालिएको छ । साथै १७ जनाको जीवितै उद्धार गरिएको छ  ।

बस दुर्घटनाका घाइते सबैलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले विस्तृत विवरण आउन बाँकी छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend