कात्तिक १ गते २०८३ || October 17, 2026

सुनको मूल्य आज कतिमा हुँदैछ किनबेच?


शुक्रबार, भदौ ८ २०८००१:४८

सुनको मूल्य  आज कतिमा हुँदैछ किनबेच?

साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।
अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको भाउ यस दिन स्थिर रहेको हो।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

 
बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ। 
बिहीबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।


आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend