असोज ३० गते २०८३ || October 16, 2026

नेप्से परिसूचक आज पनि ओरालो


आइतबार, भदौ १० २०८००७:१८

नेप्से परिसूचक आज पनि ओरालो

नेप्से परिसूचक आइतबार पनि २० दशमलव ५४ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक २० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९३ दशमलव ३८ कायम भएको छ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको शेयर मूल्यमा उकालो लागेको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। 

नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३८ लाख ९५ हजार दुई सय ३६ कित्ता शेयर एक अर्ब २६ करोड २७ लाख ६७ हजार आठ सय ७६ मूल्यमा कारोबार भएको छ। 

नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। साथै स्वाभिमान लघुवित्त छ, सिटिजन म्युचुअल फण्ड पाँच दशमलव ८८, पिपुल्स पावर पाँच दशमलव १८ र अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको शेयर मूल्य चार दशमलव ८९ प्रतिशतले बढेको छ।

यस्तै, कमर जीतमाया सुरी हाइड्रोपावर नौ दशमलव ६३, लिवर्टी इनर्जी छ दशमलव ३०, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव ७९, माहुली लघुवित्त पाँच दशमलव ६८ र खानीखोला हाइड्रोपावरको शेयर मूल्य पाँच दशमलव ५१ प्रतिशतले बढेको छ।  




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend