कात्तिक १ गते २०८३ || October 17, 2026

मकवानपुरमा बस दुर्घटना पाँचको अवस्था गम्भीर, : १५ जना घाइते


शुक्रबार, कात्तिक ३ २०८००५:३१

मकवानपुरमा बस दुर्घटना  पाँचको अवस्था गम्भीर, : १५ जना घाइते

 मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्  । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको अस्थायी प्रहरी बिट गरगरेले जनाएको छ ।

धरान चतरा सडकखण्डअन्तर्गत हेटौँडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीनतले ओरालोमा दुर्घटना भएको हो । पाँच जना गम्भीर घाइतेलाई एम्बुलेन्स र बाँकी घाइतेहरुलाई बसमा राखेर उपचारका लागि हेटौँडातर्फ पठाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend